६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेष्ट बैंकद्धारा अनाथ गृहलाई कम्मल वितरण



एभरेष्ट बैंकले आफ्नो २३ औं वार्षिक उत्सवको अवसरमा अनाथ गृह नयाँ जिवन मिसनलाई ब्ल्यांकेट तथा कम्मल वितरण गरेको छ । एभरेष्ट बैंक धनगढी शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत अनाथ गृहलाई ब्ल्यांकेट तथा कम्मल वितरण गरेको हो ।

एभरेष्ट बैंक धनगढीका शाखा प्रमुख यज्ञराज तिमिल्सिना र कर्जा विभाग प्रमुख हिमाल भट्टराईले सयुक्त रुपमा अनाथ गृहलाई ब्ल्यांकेट तथा कम्मल हस्तान्तरण गरेका हुन् । बैंकले वार्षिक उत्सवको अवसर पारेर देशभरका सबै शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कर्यक्रमअर्न्तगत गरिब तथा असाहयलाई सहयोग गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००