६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय जनमोर्चा कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस



 

३ कात्तिक कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ बाट लोकेन्द्र लम्साल, २ बाट राम कार्की र ३ बाट लालबहादुर कुँवरलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ देवकी पन्त, राजाराम चौधरी र गोविन्द विकलाई सिफारिस गरिएको पार्टी जिल्ला सचिव रामबहादुर कार्कीले बताए ।

प्रदेशसभातर्फ क्षेत्र नं १ मा कृष्ण पण्डित र लक्ष्मी राना बडायक, २ मा सुरेन्द्र चौधरी र कमल साहु तथा ३ मा मञ्जु चौधरी र नीरु कोलीलाई सिफारिस गरिएको उनले जानकारी दिए । प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फ रोशना थापा मगर, कमला चौधरी, रामबहादुर चौधरी, धनादेवी नाथ र गौरा लुहारलाई सिफारिस गरिएको छ । रासस 

प्रकाशित मिति : ३ कार्तिक २०७४, शुक्रबार ००:००