२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माङ्सेबुङ गाउँपालिकाको बजेट २२ करोड ६४ लाख



२ कात्तिक । माङ्सेवुङ गाउँपालिकाले चालू आवका लागी २२ करोड ६४ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पूँजीगत खर्चतर्फ रु ११ करोड ९० लाख रुपैयाँ, चालूतर्फ २ करोड ९७ लाख रुपैयाँ र विषयगत तथा सशर्त अनुदानतर्फ ७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पर्यटन लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती कात्तिक २५ गतेका दिन स्थानीय सार्वजनिक बिदाको घोषणा गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले विद्युत् विस्तार गर्नेदेखि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । गजुरमुखी र माङ्सेबुङको बृहत् धार्मिक पर्यटन गुरुयोजना निर्माणलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । रासस

प्रकाशित मिति : २ कार्तिक २०७४, बिहिबार ००:००