१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस ताप्लेजुङद्वारा उम्मेदवारको टुंगो लगायो




ताप्लेजुङ
, १ कात्तिक । नेपाली कांग्रेसले ताप्लेजुङबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ ।

मंगलबार बसेको कांग्रेस संसदीय समितिको बैठकले मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको हो । बैठकको निर्णयअनुसार प्रदेशसभा अन्तर्गत क्षेत्र नं १ मा लीलादेवी बोखिम र २ मा दीपेन्द्रकुमार सेन्दाङलाई उम्मेदवार बनाउने भएको छ भने प्रतिनिधिसभामा केशवप्रसाद दाहालको नाम टुंगो लागेको छ ।

यता, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दिने सहमति भएको छ । यस्तै प्रदेशसभाका दुई क्षेत्रमध्ये क्षेत्र नं १ मा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका बलबहादुर साम्सोहाङ र २ मा माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ००:००