१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुलाचुली गाउँपालिकाको बजेट साढे २३ करोड



 

२८ असोज इलाम । चुलाचुली गाउँपालिकाले चालू आर्थिक बर्षको बजेटका लागी २३ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । पूँजीगततर्फ १२ करोड ६६ लाख रुपैयाँ, चालूतर्फ ३ करोड ४० लाख रुपैयाँ र विषयगत तथा अनुदानतर्फ ७ करोड ४६ लाख रुपैयाँ छुट्टयाइएको छ ।

१ नं. वडामा निर्माण हुने बहुभाषिक पाठशालालाई मुख्य प्राथमिकतामा राखिएको छ । ४ नं. वडाको बालज्योति माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । विद्युत् नपुगेका सबै क्षेत्रमा विद्युत् विस्तार गर्ने, सडक निर्माण, खोलामा तटबन्ध निर्माण गर्ने पनि घोषणा गरेको छ ।

किबी क्षेत्र घोषणा गर्न माग

सन्दकपुर गाउँपालिकाका किबी कृषकले गाउँपालिकालाई ‘किबी जोन’ घोषणा गर्न माग गरेका छन् । सन्दकुपुरमा किबी क्षेत्र घोषणा गर्न योग्य रहेको दाबी गर्दै किबी जोन घोषणापछि उत्पादन अझै व्यावसायिक बन्ने कृषकहको दाबी छ ।

किबी क्षेत्र घोषणा गर्न १० हजार रोपनीमा किबीखेती भएको र १ लाख ५० हजार बिरुवा चाहिन्छ । यी सूचकहरू पूरा गरिसकेकाले भएकाले किबी जोनको माग गरिएको सन्दपुर किबी तथा कृषि सहकारी संस्थाका अध्यक्ष देउकुमार राईले बताए । रासस 

 

प्रकाशित मिति : २८ आश्विन २०७४, शनिबार ००:००