६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा एकलाख ८१ हजार मतदाता




रामपुर
— पाल्पा, २६ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हुँदैछन् । ती मध्ये ९४ हजार ८२९ महिला, ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा एक लाख ६२ हजार २५५ मतदाताले नाम दर्ता गराएका थिए । जिल्ला निर्वाचन कार्यालय, पाल्पाले गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्वीरसहितको मतदाता नामावली संकलनबाट जिल्लामा २० हजार ८११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नाम दर्ता गराएकामध्ये १८ हजार ९९१ जनाले मात्र आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २६ आश्विन २०७४, बिहिबार ००:००