१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य राजनीतिक दलद्वारा डोटीमा उम्मेदवारको प्रस्तावित खाका सार्वजनिक




डोटी
, १९ असोज । आगामी मंसिरमा हुने भनिएको प्रदेश र केन्द्रको चुनावका लागि डोटीमा मुख्य राजनीतिक दलले उम्मेदवारको प्रस्तावित खाका सार्वजनिक गरेका छन् ।

मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला समितिबाट नाम टुंगो लगाइरहेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले अन्तिम नाम टुंगो लगाएका छन् भने एमालेको बैठक जारी रहेको छ ।

आकांक्षी उम्मेदवारको लामो सूचीसहित कांग्रेसले आफ्नो निर्णय गरेको छ । केन्द्रीय तहका लागि वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, टेकराज ओझा, पुष्पकुमार शाही र प्रसिस महरा गरी आधा दर्जन नेताको नाम केन्द्रमा पठाइएको छ ।

समानुपातिकतर्फका लागि भक्तबहादुर बलायर, प्रतिमा शाही, दीपक शाही, कल्पना शोव, सीतादेवी चोपडा, प्रेमा श्रेष्ठ र पार्वती चन्द गरी सातजनाको नाम संघको समानुपातिक सूचीमा पठाइएको छ ।

कांग्रेसबाट प्रदेश सभामा क्षेत्र नं १ प्रत्यक्षतर्फ भरतबहादुर कठायत, लक्ष्मण खड्का, रामबहादुर रोकाया, धनश्यामदत्त पाठक, नरबहादुर ढाँटसहित एक दर्जन नेताको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट प्रदेशसभा प्रत्यक्षबाट योगेन्द्रबहादुर शाही, भूमिराज बडु, प्रदीपकुमार देउवासहित ११ जनाको नाम सिफारिस गरिएको छ ।

कांग्रेसले प्रदेश सामानुपातिकतर्फबाट कृष्ण दर्लामी, तेजबहादुर पुन मगर, लालबहादुर विक, पवित्रा भट्ट फुलारा, रश्मी खडायत कुँवरसहित १३ जनाको नाम प्रस्ताव गरेको छ ।

त्यस्तै, नेकपा एमाले डोटीले पनि प्रदेश सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट एमाले डोटीका जिल्ला अध्यक्ष चक्र मल्लको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको छ भने दुई नम्बर क्षेत्रबाट गौरी ओली, भोजनाथ योगी र पदम भट्ट गरी तीनजनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको एमाले स्रोतले जानकारी दिएको छ ।

२ नम्बर क्षेत्रमा तीनजना उम्मेदवारको नाम प्रस्ताव गरिएको भएपनि १ नम्बर क्षेत्रमा जिल्ला अध्यक्ष चक्र मल्ललाई एकमात्र प्रस्ताव गरिएको छ । संघीय सभा तथा प्रदेश र केन्द्रको समानुपातिकका उम्मेदवारका बारेमा छलफल भइरहेको छ ।

मंगलबारदेखि जिल्ला सदरमुकाम सिलगढीमा जारी एमाले बैठकमा उम्मेदवार छनोटका विषयमा छलफल भइरहेको छ । उता माओवादी केन्द्रको बुधबार बसेको बैठकले उम्मेवारको नाम सिफारिस गरेको छ । केन्द्रका लागि त्रिलोचन भट्ट, सिद्धराज भाट र प्रेम नेपाली रहेका छन् ।

त्यसैगरी, १ नम्बर क्षेत्रमा प्रदेशका लागि जनार्दन जोशी, तेज डुम्रेल, भरत बोहरा सेबक र भक्तबहादुर सिंहको नाम प्रस्ताव गरेको छ । क्षेत्र नम्बर २ मा प्रदेशका लागि शिवसिंह ओली, मीनबहादुर घर्ती, प्रेम कुँवर प्रख्यात र प्रेमा ओलीको नाम सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्रले संघको समानुपातिकका लागि जंग विक ‘शैलेन्द्र’को नाम सिफारिस गरेको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ बाट सञ्जा रोकाया र २ नम्बर क्षेत्रबाट सिद्धराज विक ‘विश्वप्रकाश’लाई सिफारिस गरिएको छ । जिल्लामा क्रियाशील अन्य राजनीतिक दल पनि उम्मेदवारको प्रस्तावित खाका तयार गर्नका लागि छलफलमा जुटेका छन् ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००