काठमाडौँ, १७ असोज । दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ ।
ललितपुरमा आज दुई दलका शीर्ष नेतासहितको वार्तामा तालमेल गरी निर्वाचनमा जाने र पार्टी एकताका लागि संयुक्त संयोजन समिति बनाउने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
सो सहमतिबारे दुई दलले आजै अपराह्न ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी सहमतिपत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । यसअघि दुवै दलले वार्ता र संयोजनका लागि शीर्ष नेता रहेको टोलीलाई जिम्मा दिएको थियो । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।