३ आश्विन २०८०, बुधबार | Wed Sep 20 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाेत्तरीकाे गौशाला नगरपालिकामा ९० लाख गोलमाल, खाता नै नील पारेर रकम झिकियाे 



महोत्तरी, १७ असोज । महोत्तरीको गौशाला नगरपालिकामा ९० लाख रुपैयाँ गोलमाल भएको खुलासा भएको छ । नगरपालिकाको बैंक खाताबाट एकै दिनमा त्यति ठूलो रकम नियमविपरित तरिकाले निकासा भएको रहस्य सार्वजनिक भएको छ । गौशालास्थिति नेपाल बैंक लिमिटेडको शाखा कार्यालयबाट गएको भदौ १९ गते रु ९० लाख निकालेको रहस्य सार्वजनिक भएको हो ।

कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिई खातामा १ रुपैयाँसमेत नराखी रकम निकालेको पाइएको छ । खाता नै नील गरि तलबका लागि भन्दै चेक काटेर रकम निकालेको जानकारी नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले बताए ।

कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त भएका थिए । कार्यकारी प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलिभगतमा रकम गोलमाल पारिएको हो ।

“पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन, तर खातामा एक रुपैयाँ पनि छैन,” जोशीले भने । गौशाला नगरपालिकाले पछिल्लो एक महिनामा २ करोड ६४ लाख रुपैयाँको कारोबार गरे पनि कुनै कागजात आफूलाई प्राप्त नभएको उनले बताए ।

गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले निकासा भएको रकमको सम्बन्धमा अनुसन्धान भइरहेको दाबी गरे । “जनताको रकम लुट्ने कर्मचारी र भ्रष्टाचारीलाई कारबाही हुन्छ,” नवनिर्वाचित मेयर महतोले भने । रासस

प्रकाशित मिति : १७ आश्विन २०७४, मंगलबार ००:००