१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरिया नगरपालिका प्रमुखमा जनता दल र उपप्रमुखमा फोरम नेपाल विजयी



 

७, पर्सा असोज । । पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दल र उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

जनता दलका दीपनारायण रौनियारले ३ हजार २६ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका प्रद्युन चौहानले २ हजार ७६७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा फोरम नेपालका सलमा खातुन २ हजार ७०४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता दलकी बिनादेवी बैठाले २ हजार ४९५ मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार ००:००