१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकाली नगरपालिकाको बजेट करिव ४४ करोड




दार्चुला,
१ असोज । चालु आर्थिक बर्षका लागि महाकाली नगरपालिकाले करिव ४४ करोड बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ ।

नगर प्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुना बोहराले विभिन्न ५२ वटा शीर्षकका लागि ४३ करोड ७१ लाख १९ हजार विनियोजन गरिएकामा सरकारबाट २९ करोड ३५ लाख २७ हजार प्राप्त भएको जानकारी दिए ।

महाकाली नगरपालिकाका प्रत्येक बस्ती सडक सञ्जालमा जोडिने भएका छन् । प्रत्येक वडा र बस्तीसम्म सडक विस्तार गर्ने गरी नगरपालिकाले चालु आर्थिक बर्षको नीति र कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरपालिकाका सबै बस्तीमा सडक सञ्जाल जोड्न नगरयातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने भएको छ । गुरुयोजना निर्माणका लागि चालु आर्थिक बर्षमा पाँच लाख विनियोजन गरिएको छ ।

यस्तै प्रत्येक वर्ष प्रत्येक वडामा कम्तीमा तीनवटा काठे पुल विस्थापन गरी झोलुंगे तथा पक्की पुल बनाइने भएको छ । नगरक्षेत्रमा बन्ने व्यक्तिगत तथा सार्वजनिक भवन लगायतका संरचनाको अनिवार्य नक्सापास गर्ने तर यसअघि निर्माण भएका संरचनाको हकमा भने चालु आर्थक बर्ष भित्रमा नक्सापास गर्न आए १० प्रतिशत छुट दिइने छ ।

शिक्षा क्षेत्रको विकासका लागि माध्यमिक तहसम्मका विद्यालय सञ्चालनमा थप प्रभावकारिता ल्याउन जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरिने र निजी स्रोतबाट सञ्चालित विद्यालयमा शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने नीति अवलम्बन गरिएको छ ।

चालु आर्थिक बर्ष देखि कृषक पेन्सन कोष स्थापनाका लागि दुई लाखसमेत विनियोजन गरिएको छ भने एफएम, रेडियोको व्यवस्थापन र सञ्चालनका लागि एफएम रेडियो सञ्चालन कार्यविधि २०७४ पारित गरिने भएको छ ।
रासस

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार ००:००