पाल्पा, ३० भदौ । तानसेन नगरपालिकाले चालू आर्थिक बर्षका लागी ६९ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड ६४ लाख रुपैयाँ र नेपाल सरकारको निशर्त अनुदानतर्फ २३ करोड ८२ लाख रुपैयाँ प्राप्त गर्ने प्रक्षेपण गरेको छ । नगरपालिकासँग गत आवको जगेडा ६ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।
यसैगरि सशर्त अनुदान १९ करोड २९ लाख रुपैयाँ, सामाजिक सुरक्षा ५ करोड रुपैयाँ, दातृ निकायहरूबाट सञ्चालित परियोजनाहरूमा ७ करोड १२ लाख रुपैयाँ, कन्टीन्जेन्सीबाट आम्दानी ३० लाख रुपैयाँ र जनसहभागिताबाट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो ।
आव २०७४÷७५ मा कूल निशर्त १३.१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिक आयतर्फ १ करोड ६८ लाख थप प्रक्षेपण गरिएको नगरप्रमुख अशोककुमार शाहीले बताए । विहिबार आयोजित पत्रकार सम्मेलनमा शाहीले १४ वटा वडा कार्यालय सञ्चालन गर्न १ करोड ७७ लाख रुपैयाँ, र ननगरपालिकामा ४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा रु एक करोड कर्मचारी अवकासमा खर्च गर्नेछ । नगरपालिकाले प्रत्येक वडालाई पूँजीगतर्फ १२ लाख ७० हजार रुपैयाँ र चालूतर्फ १२ लाख ७० हजार विनियोजन गरेको छ । रासस
प्रतिक्रिया