७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैभन्दा पहिला इलामले प्रतिवेदन बुझायो, ६ गाउँपालिका र ४ नगरपालिकाको प्रस्ताव



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, १८ कात्तिक 
इलाम जिल्लाले १० वटा स्थानीय तह रहने गरि प्रतिवेदन पेस गरेको छ । ७५ जिल्लामध्ये सबैभन्दा पहिला इलामले बिहिबार स्थानीय तह पुनर्संरचना आयोगलाई प्रतिवेदन दिएको हो ।
८ देखि ११ वटा स्थानीय तह बनाउने सीमा पाएको इलाम जिल्लामा १० वटा स्थानीय तह बनाउने सहमति भएको निर्वतमान स्थानीय विकास अधिकारी (एलडीओ) मदन कोइरालाले बताए । 
इलाम जिविसमा भरखरै सरुवा भएका ध्रुब खड्का र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सरुवा भएका कोइरालाले प्रतिवेदन बुझाएका छन् । 
इलामको प्रस्तावित गाउँपालिकाहरूमा रोङ, महाजोगमाई, सन्दकपुर, फाकफोकथुम, माङ्सेबुङ  र फाल्गुनन्द छन् । प्रस्तावित नगरपालिकाहरूमा देउमाई, सुर्योदय, माई  इलाम छन् । 

लुम्देको ८ नं. वडा इलाममा फर्काउन माग 

इलामको लुम्दे गाविसको ८ नं. वडा पाँचथरको रबि गाविसमा विनाकारण मिसाएको भन्दै इलाममै फार्काउन माग पनि गरिएको छ । उक्त माग प्रतिवेदनसँगै पेस गरिएको छ । 
“लुम्देको वडा नं. ८ का बासिन्दा इलाममा आउन चहान्छन् । आधिकारिक नक्साले पनि त्यो वडा इलाममै देखाउँछ,” कोइरालले भने, “त्यो वडा इलाममै फर्काउने उपयुक्त समय अहिले हो । आयोगले इलाममै फर्काउँछ भन्नेमा विश्वस्त छौं ।” 
पञ्चायतकालमा कुनै निर्णय भएको थियो कि थिएन भन्नेमा अन्योल रहेको कोइरालाले बताए । “कुनै आधिकारिक प्रमाण छैन । पञ्चायतकालमा बलमिच्याइँका आधारमा गाभिएको देखिन्छ,” कोइरालाले भने, “पाँचथरमै राख्न कसैले जोड गर्छन् भने मन्त्रीपरिषद् वा कुनै निकायले गरेको आधिकारिक निर्णय देखाउनु पर्छ ।”
लुम्दे गाविस अहिले प्रस्तावित गाउँपालिका फाकफोकथुममा पर्ने कोइरालाले बताए । आयोगका सदस्य सचिव डा. हरि पाैडेलले पुराना आधिकारिक कागजात र प्रमाणका आधारमा इलाममै फर्काउन सक्ने बताए । 
नयाँ संविधान जारी हुनुभन्दा पहिला स्थानीय निकायको सीमाना हेरफेर मन्त्रीपरिषद्को निर्णयले मात्रै गर्न सक्ने व्यवस्था थियो । अहिले आयोगले हेरफेर गर्न सक्छ । 
लुम्दे गाविसको ८ नं. वडाको नक्सा । वि.सं २०३० बैशाख १६ गते नापी विभागले तयार पारेको यो नक्सामा यस वडा इलाममा पर्ने देखिन्छ । यो नक्सामा  कायममुकायम नापी अधिकृत रुद्रलाल चित्रकार, का.मु. टोली प्रमुख सानुभाई सानुभाई मानन्धर र अमिन इन्द्रदेब ठाकुरको नाम उल्लेख छ । नक्सा स्रोतः इलाम जिविस । 

प्रकाशित मिति : १८ कार्तिक २०७३, बिहिबार ००:००