१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने म्याद सकियो, १५ जिल्लाले मात्रै बुझाए



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, २० कात्तिक
जिविसहरूले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझाउने अन्तिम दिन शनिबार भएपनि १५ जिल्लाले मात्रै बुझाएका छन् ।
स्थानीय तह पुनर्संरचना आयोगका अनुसार शनिबार बेलुका ५ बजेसम्ममा इलाम, खोटाङ, अछाम, जुम्ला, बाँके, बझाङ, ललितपूर, सुनसरी, प्यूठान, धनकुटा, सिन्धुपाल्चोक, चितवन, म्याग्दी, सुर्खेत र दार्चुलाले मात्रै प्रतिवेदन बुझाएका छन् । 
यसमध्ये पनि ललितपूर र धनकुटाले आयोगले तोकेको अधिकतम् सीमाभन्दा बढी स्थानीय तहको प्रस्ताब गरेका छन् । आयोगले ललितपूरलाई ७ र धनकुटालाई ६ स्थानीय तह तोक्न निर्देशन दिएको थियो । ललितपूरले ८ र धनकुटाले ७ स्थानीय तहको प्रस्ताव गरेका छन् । 
आयोगका पदाधिकारीहरूले भने विदाका कारण सन्तोषजनक रुपमा काम गर्न नसकेको दाबी गरेका छन् । असोज २० गते पछिल्लो कार्यशर्त (टीओआर) आएपछिदशैं, तिहार, छठलागयका विदाका कारण काम गर्न नसकेको आयोगले बताएको छ ।
तर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भने सबै स्थानीय विकास अधिकारी (एलडीओ) लाई मन्त्रालयको स्वीकृतिविना चाडपर्वमा समेत विदा नलिन निर्देशन दिएको थियो । 
शनिबार बेलुकासम्ममा प्रतिवेदन बुझाउन मन्त्रालयले सबै एलडीओलाई निर्देशन पनि दिइएको थियो । मन्त्रालयले प्रत्येक प्रान्तमा १/१ जना सहचिवलाई जिम्मेवारी दिएर ताकेता गरिरहेको छ । 
शनिबार विदा भएपनि आयोगमा शाखा अधिकृत दुर्गाप्रसाद चालिसेले प्रतिवेदन संकलन गरिरहेका छन् । शनिबार रातिसम्म ७५ वटै जिल्लाबाट प्रतिबेदन ल्याइसक्ने भन्दै सहसचिवहरूले जिल्लाहरूमा ताकेता गरिरहेका छन् । 
यो समाचार तयार पार्ने क्रम बेलुका ५ः१८ मा दार्चुलाले इमेलबाट प्रतिवेदन पठाएका छन् । प्रतिवेदन बुझाएका मध्ये ७ वटाले इमेलबाट र बाँकीले हार्डकपी बुझाएका छन् । 

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार ००:००