८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुर नगरपालिकाको बजेट ४९ करोड




रामपुर
— पाल्पा, २६ भदौ । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रमणबहादुर थापाले कूल ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गरेका हुन् ।

नगर प्रमुख थापाले भवन निर्माणमा दुई करोड, फर्निचर खरिदतर्फ ३५ लाख, मेसिनरी उपकरणतर्फ एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि सात करोड ६२ लाख ५० हजार रकम विनियोजन गरिएको बताए ।

यस्तै वडास्तरीय योजना तथा कार्यक्रमका लागि तीन करोड २५ लाख, आन्तरिक आय वृद्धिका लागि व्यापारिक भवन—ट्रस निर्माणका लागि दुई करोड, विपद् व्यवस्थापन तथा मर्मत सम्भारतर्फ ६५ लाख र समपूरक कोषका लागि दुई करोड १५ लाख १७ हजार, विषयगत कार्यक्रमतर्फ १७ करोड ५५ लाख ९१ हजार, सामाजिक सुरक्षातर्फ पाँच करोड र गत आर्थिक बर्षको बाँकी योजनाको भुक्तानी दुई करोड १२ लाख १२ हजार बजेट सार्वजनिक गरिएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् ।

पूर्वखोला गाउँपालिकाको बजेट ३० करोड
पूर्वखोला गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले ३० करोड ८३ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिका अध्यक्ष थापाका अनुसार सडकतर्फ छ करोड २९ लाख १५ हजार, खानेपानीतर्फ ८६ लाख ८५ हजार, शिक्षातर्फ ६५ लाख ८० हजार, स्वास्थ्यतर्फ ६८ लाख ५१ हजार र सिँचाइतर्फ २५ लाख २० हजार रकम विनियोजन गरिएको बताए ।

कार्यक्रममा गाउँपालिकाका छ वटै वडाका वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो । गाउँसभाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइलाई जोड दिएको कार्यकारी अधिकृत हरि पौडेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ००:००