१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह पुनर्संरचनाको प्रतिवदेन बुझाउने जिल्लाको संख्या ३० पुग्यो



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, २१ कात्तिक 
स्थानीय तह पुनर्संरचना सम्बन्धि प्रतिवेदन बुझाउने जिल्लाको संख्या ३० पुगेको छ । आयोगका अनुसार आइतबार रसुवा, दैलेख, डोटी कञ्चनपुर, दोलखा, बाजुरा कास्की, ताप्लेजुङ रामेछाप, पाँचथर, पाल्पा, तनहुँ, भक्तपुर, उदयपुर डडेल्धुरा र ओखलढुङ्गा छन् । 
शनिबारसम्ममा इलाम, खोटाङ, अछाम, जुम्ला, बाँके, बझाङ, सुनसरी, प्यूठान, धनकुटा, सिन्धुपाल्चोक, चितवन, म्याग्दी, सुर्खेत र दार्चुलाले प्रतिवेदन बुझाएका थिए ।  
प्रतिवेदन बुझाउने समयसीमा शनिबार (कात्तिक २० गते) नै सकिए पनि आयोगले प्रतिवेदन लिइरहेको छ । समयसीमा सकिए पनि केही दिनसम्म पर्खिएर भए पनि प्रतिवेदन लिने आयोगले जनाएको छ । 
केही गरे पनि प्रतिवेदन पठाउन नसक्ने जिल्लाको हकमा भने सम्बन्धित जिल्लाका सांसदहरूसँग छलफल गरि टुङ्ग्याउने तयारी गरेको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार ००:००