५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक निर्वाचनका लागी आइतबारदेखि निवेदन खुल्ला



 

२४ भदौ, काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूले यही आइतबारदेखि मंगलबारसम्म निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ ।

दुवै निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ । आयोगमा दर्ता रहेका र निर्वाचनमा भाग लिन चहाने दलहरूलाई निवेदन पेस गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ ।

प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमा मात्र भाग लिने हो त्यसको समेत स्पष्ट खुलाउनु पर्नेछ । तोकिएको मितिभित्र निवेदन नदिए निर्वाचनमा भाग लिन नपाउने आयोगले स्पष्ट पारेको छ । रासस

प्रकाशित मिति : २४ भाद्र २०७४, शनिबार ००:००