३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच नगर प्रमुख कोरिया जाँर्दै




पोखरा
२३, भदौं । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जाने भएका छन् ।

जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एक आपसमा छलफल तथा अन्तरक्रिया हुनेछ । उनीहरु भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००