८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा आचारसंहिता उल्लङ्घन




गौशाला
, २३ भदौ । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन भइरहेको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेमा देशका ठूला राष्ट्रिय पार्टी— नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा देखि लिएर मधेशवादी दल— राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम सबै रहेका छन् ।

त्यस्तै, अन्य पार्टीका साथै स्वतन्त्र उम्मेदवारसमेतले आचारसंहिताको घोर उल्लङ्घन गरेको देखिएको छ । दस नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चार हजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको देखिएको छ ।

आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आ–आफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ ।

यहाँका राजनीतिक दलले सार्वजनिक स्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलनदेखि लिएर ठूल्ठूलो आवाजमा २४ घण्टे लाउडस्पिकर बजाएर प्रचार–प्रसार गरेको पाइएको छ । जिल्लाको प्रत्येक गाउँ–ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रूख–बिरुवामा अहिले विभिन्न पार्टीको झण्डा टाँगिएको देख्न सकिन्छ ।

त्यस्तै, ठूल्ठूला आकारका पोस्टरहरु पनि टाँगिएको देखिन्छ । यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचार– प्रसारमा उत्रेका छन् ।

यसैगरी, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अङ्कित भेस्ट, टोपी लगाएर सयौ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ । यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झूटो वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००