२८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४० जिल्लाले बुझाए पुनर्संरचना प्रतिवेदन



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, २२ कात्तिक 
स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन बुझाउने जिल्लाको संख्या ४० पुगेको छ । 
स्थानीय तह पुनर्संरचना आयोगका अनुसार सोमबार बेलुका ७ बजेसम्ममा प्रतिवेदन बुझाउने जिल्लाको संख्या ४० पुगेको छ । 
सोमबार प्रतिवेदन बुझाउने जिल्लाहरूमा भक्तपूर, भोजपुर, काठमाडौं, अर्घाखाँची, हुम्ला, दाङ, रामेछाप, तेह्रथुम, बैतडी, सोलुखुम्बु, बर्दिया र रोल्पा छन् । 
यसअघि नै प्रतिवेदन बुझाउनेमा इलाम, खोटाङ, अछाम, जुम्ला, बाँके, बझाङ, ललितपूर, सुनसरी, प्यूठान, धनकुटा, सिन्धुपाल्चोक, चितवन, म्याग्दी, सुर्खेत, दार्चुला, रसुवा, दैलेख, डोटी, कञ्जनपूर, दोलखा, बाजुरा, कास्की, ताप्लेजुङ, पाँचथर, पाल्पा, तनहुँ, भक्तपुर, डडेल्धुरा र ओखलढुङ्गा छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०७३, सोमबार ००:००