७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी




सुर्खेत
, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसंग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।

गत वर्ष परेको ६३३ उजुरीमध्ये शिक्षामा २६३, स्थानीय विकासमा १२१, वन तथा भू–संरक्षणमा ६० वटा छन् । तीमध्ये शिक्षाका १७८, स्थानीय विकासका ७१ र वनका ६० उजुरी फस्र्योट गरेको सो कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । कार्यालयले उक्त अवधिमा ३९३ उजुरी फर्स्योट गरेको छ ।

गत वर्ष पाँच अभियोग पत्र विशेष अदालतमा दायर गर्नाका साथै तीनजनालाई घूस लिँदै गर्दा पक्राउ गरेको थियो । प्रारम्भिक छानविन र विस्तृत अनुसन्धानबाट गरी ३७ लाख ४० हजार ५६५ असुल गरेको सूचना अधिकारी सापकोटाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले आयोगको एक्लै प्रयासबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने भएकाले यसका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गरे ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार ००:००