१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरका दुई वडाध्यक्षद्वारा शपथ




चितवन
, १२ भदौ । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज (सोमबार) शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उनीहरुलाई शपथ गराउका हुन् । विजयी दुई वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटौँडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उनीहरुलाई काम गर्ने बाटो खुलेको हो ।

निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् ।

यी दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली कांग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो ।

वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी भएका थिए । हेटौँडा इजलासले यही भदौ ८ गते सो रिट खारेज गरेसंगै काम गर्ने बाटो खुलेको हो ।
रासस

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार ००:००