२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालमैत्री नगर योजना परिमार्जन गरिने




नेपालगञ्ज
। नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने योजना अभियान अन्तर्गत निर्माण गरिएको त्रिवर्षीय लगानी योजनालाई परिमार्जन गरिने भएको छ ।

नेपालगञ्ज नगरपालिका रहेको समयमा निर्माण गरिएको बालमैत्री सो योजना पछिल्लो एक वर्षअघि उपमहानगरपालिकामा स्तरोन्नति भएकाले लगानी योजनालाई परिमार्जन गर्न लागिएको सामाजिक विकास केन्द्रका प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

आर्थिक बर्ष २०७४/७५ भित्र बालमैत्री नगरपालिका बनाउनका लागि तय गरिएको ४१ बुँदे सूचकलाई लक्ष्य भेटाउन थपिएका नयाँ ११ वडालाई स्तरोन्नति गर्नुपर्ने भएकाले तोकिएको समय केही पर सर्न सक्ने भएकाले योजनालाई परिमार्जन गर्न लागिएको हो ।

ती वडाको स्तरोन्नतिका लागि सरोकारवाला निकायबीच आवश्यकता अनुसार समन्वय, सहकार्य गरी परिमार्जनमा सहजता ल्याउने प्रक्रियासमेत थालिएको बताइएको छ ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार ००:००