२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रत्येक वडा सडक सञ्जालले जोडिन्छः नगरप्रमुख




पाल्पा
। पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनका प्रत्येक वडामा सडक सञ्जालले जोडिने बताएका छन् । चौधवटा वडामा सहजरुपमा यातायातको पहुँच विस्तार गर्ने काम यहि आर्थिक बर्षमा हुने शाहीले बताए ।

“यो वर्ष सडकवर्षका रुपमा मनाउने छौँ, विकासका लागि सडक बनाउनुपर्छ, नगरभित्रका वडामा कच्ची सडक सञ्जालले जोड्नेछौँ, यो आर्थिक बर्षमा सके १०० नसके पनि ९० प्रतिशत सडकको काम हुनेछ,” शाहले भने– “पाल्पाको तानसेन नगरपालिकाको दमकडामा आधुनिक बस्ती विस्तार हुनेछ ।”

नवनिर्वाचित शाहीले पाल्पाको तानसेनमा पत्रकार सम्मेलनमा पहाडी जिल्ला पाल्पाको लेकमा बस्ती विस्तारको लागि पहिलो चरणमा सर्वेक्षण हुनेछ । पाल्पाको सडक चारदेखि छ लेनसम्मको निर्माण हुने र बस्तीभित्र खुल्ला जग्गा रहनेछ ।

पाल्पाको तानसेनमा निर्माण कार्य पूरा भएपनि स्थानीयका अवरोधका कारण सञ्चालनमा आउन नसकेको सेनेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याउने तयारी भएको शाहीले बताए । स्थानीय तह आदेशका भरमा सञ्चालन गर्न नसकिने भएकोले स्थानीय तह सञ्चालनका लागि ऐन, विधिको आवश्यकता रहेको उनले बताए । रासस

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार ००:००