९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको विकासका लागि भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा




पोखरा
। स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि केही योजना अघि बढाइएको जानकारी दिए ।

गाउँपालिकाको आर्थिक बर्ष २०७४/७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएकामा पुँजीगततर्फ जनसहभागिता सहित रु १७ करोड सात लाख ८६ हजार ५०० र पूर्वाधार विकासतर्फ रु ११ करोड ५८ लाख ५५ हजार, सामाजिक विकास तर्फ रु दुई करोड ३५ लाख ३० हजार, आर्थिक विकास तर्फ रु ५९ लाख, वातावरण विकास तथा सेवा प्रवाहमा रु ९८ लाख २३ हजार, वित्तीय व्यवस्थापन रु १० लाख प्रस्ताव गरिएको छ ।

चालु पुँजीतर्फ रु २२ करोड ३९ लाख ३६ हजार ५०० रहेको सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेषगरी बञ्जीजम्प, क्यानोनिङ, रियाफ्टिङ, प्याराग्लाडिङ, हनी हन्टिङ र रक क्लाइमिङकजस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ ।

विश्व प्रसिद्ध माछापुच्छ्रे हिमालको काँखमा रहेर पाँच सय ४४.५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नौ वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या छ । रासस

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार ००:००