१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रस्तावित शे–फोक्सुन्डो गाउँपालिकामा वडाहरू छिन्नभिन्न, एउटै वडा चार टुक्रा



नक्सा– स्थानीय तह पुनर्संरचना आयोग । 
  • रञ्जित तामाङ 

काठमाडौं, २९ काठमाडौं
गाउँपालिका र नगरपालिका भन्नेवित्तिकै भौगोलिक रुपमा सग्लो, वडाहरू जोडिएको र कुनै किसिमले नटुक्रिएको हुनु पर्ने हो । तर स्थानीय तह पुनर्संरचना आयोगले प्रस्ताव गरेको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको ८ नं. वडा चार टुक्रामा छिन्नभिन्न छन् । 
नक्साका अनुसार १ र ९ नं. वडा तीन/तीन टुक्रमा छिन्नभिन्न छन् । यसैगरि ५, ६ र ७ नं. वडा कुनै पनि वडासँग जोडिएको छैन । १ नं. वडाको एक टुक्रा र २ नं. वडा जोडिएको छ । यसै गरि ३ र ४ नं. जोडिएको छ । 
वडाहरू कसरी छिन्नभिन्न भए त ? पौडेलका अनुसार जनघनत्व भएका ठाउँहरू निकुञ्जमा पर्ने जंगल, हिउँ पर्ने खाली ठाउँ, खर्कका बीच–बीचमा छन् । 
नक्सामा देखिएको नीलो भाग त्यही जंगल, हिउँ पर्ने क्षेत्र, खर्कमा पर्छन् । त्यही नीलो भागको बीचमा वडाहरू टापुजसरी अबस्थित छन् ।
स्थानीय तह पुनर्संरचना आयोगका सदस्य माधव अधिकारी भन्छन्, “यो गाउँपालिका शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ । यहाँ जंगल, उच्चहिमाली क्षेत्र, पर्छन् । तर जनघनत्व न्यून छ ।”
कतिसम्म भने २ हजार ४५३ बर्ग किलोमिटर क्षेत्रफल रहेको प्रस्तावित शे–फोक्सुन्डो गाउँपालिकाको जनसंख्या भने ३ हजारको हाराहारीमा छ । अहिलेको भिजेर, साल्दाङ र शे–फोक्सुन्डो गाविस गाभिएको यस गाउँपालिकामा ९ वटा वडा प्रस्तावित गरिएको छ । 
भिजेर गाविसमा पर्ने अहिले प्रस्तावित ८ नं. वडाको जनसंख्या ५० मात्र छ । भिजेरको ८ सय ९० बर्ग किमी जमिनमा मान्छेको बसोबास छैन । 
यसैगरि शे–फोक्सुन्डोमा पर्ने ७ सय ८६ बर्ग किमी जमिनमा पनि बसोबास छैन । साल्दाङको ६ सय ५४ बर्ग किमी भूगोलमा पनि कसैको बसोबास छैन । 
“जनसंख्याका मापदण्डअनुसार हो भने डोल्पाले ३ वटा मात्रै स्थानीय तह पाउने थियो । ठूलो भूगोलका कारण डोल्पाले ८ वटा स्थानीय तह पाएको छ,” पौडेलले भने, “कसरी वडाहरू छिन्नभिन्न भयो भनेर जिज्ञाशा आउला ! जनसख्ंया नै छैन, के गर्ने ? अपवादका रुपमा वडाहरू टुक्रिएको हो ।” 
विगतमा जस्तो एउटा वडाको बीचमा टापुजसरी अर्को वडाको भू–भाग नपरेको अधिकारीले बताए । 

प्रकाशित मिति : २९ मंसिर २०७३, बुधबार ००:००