४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुस लिएको अभियोगमा वडा सचिव पक्राउ




पर्सा
। सेवाग्राहीसंग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरामाइ गाउँपालिका वडा नं ६ का वडा सचिव दीपक खनाललाई आज (बुधबार) पक्राउ गरेको छ ।

आयोग क्षेत्रीय कार्यालय मकवानपुरबाट खटिएको टोलीले सेवाग्राहीलाई आफ्नो डेरामा बोलाएर खनालले रु ३० हजार घुस लिँदै गरेको अभियोगमा पक्राउ गरिएको आयोगका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । बाल विकास कोषको रु ९२ हजार निकासा गर्न सामाजिक परिचालक सतार मियाँसंग खनालले घुस मागेको आरोप लगाइएको छ । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार ००:००