७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब बन्ने स्थानीय तहका केन्द्रहरू सहर बन्नेछन्ः अर्थमन्त्री




  • स्थानीय खबर संवाददाता

काठमाडौं, ५ पुस 

अर्थमन्त्री कृष्णबहादुर महराले अब बन्ने स्थानीय तहका केन्द्रहरू सहर बन्ने बताएका छन् । 
नगर विकास कोषले नगरपालिकाको वित्त व्यवस्थापन सम्बन्धि राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै महराले स्थानीय तहका केन्द्रहरूले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने दाबी गरे ।
“अब गाउँपालिका र नगरपालिकाको संख्या ५/७ सय कति हुन्छ, भन्ने कुरा एकिन हुन बाँकी छ,” महराले भने, “स्थानीय तहलाई अधिकार धेरै दिएकाले स्थानीय तहका केन्द्रहरू सहर बन्नेछन् । यो अबसर हो ।”

सेवाग्राहीको चाप, बजारीकरणलगायतका विभिन्न कारणले साना ठूला वा मझौला सहर बन्न सक्ने उनको निर्ष्कष छ ।

‘समृद्ध नेपालको कल्पना गरौं’ भन्ने सरकारको नारा रहेको र त्यसका लागी गाउँपालिका र नगरपालिका सबैभन्दा पहिले समृद्ध हुनुपर्ने धारणा रहेको उनले बताए । 
उत्तर र दक्षिणका सीमावर्ती सहररूलाई व्यवस्थित गरे मुलुकले आर्थिक लाभ लिन सक्ने उनले बताए । “तराईका सीमावर्ती सहरहरूलाई व्यपारिक तथा औद्योगिक केन्द्रका रुपमा विकास गरिनु पर्छ,” उनले भने, “पहाडी र हिमाली सहरहरूलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नु पर्छ ।” 

प्रकाशित मिति : ५ पुस २०७३, मंगलबार ००:००