७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा प्रदेशको राजधानी बन्न सक्छः ओली



धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताएका छन् । धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताए ।

स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका विभिन्न गठबन्धनले परास्त गर्न नसकेको ओलीको दावी थियो । एमालेले धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको भन्दै नेपालभरिको स्थानीय तहको निर्वाचनमा धनकुटाको विशेष स्थान रहेको उहाँले बताउनुभयो । रासस
––––––

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००