५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रङ्गेलीमा माओवादी केन्द्र विजयी



विराटनगर । मोरङको रङ्गेली नगरपालिका प्रमुखमा माओवादी केन्द्रका दिलिप बगडिया आठ हजार ६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले छ हजार १८६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा विवाद
उपप्रमुख पदमा झिनो मत अन्तरका कारण सामान्य विवाद भएपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकपछि सो निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए ।

सो पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको पाँच हजार ७२० र नेपाली कांग्रेसकी राधादेवी मण्डलको पाँच हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ । कांग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपप्रमुखको घोषणा वडा नं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००