१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीका दश स्थानीय तहको पूर्ण नतिजा



इनरुवा । सुनसरीको दशवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।

सार्वजनिक गरिएको दशवटा स्थानीय तहको मतपरिणामअनुसार दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका बेदनारायण गच्छदार र उपप्रमुखमा सुनिता दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी, रामधुनी नगरपालिकामा नेपाली कांग्रेसका जयप्रकाश चौधरी प्रमुखमा र नेकपा एमालेकी सविता चौधरी उपप्रमुखमा, इनरुवा नगगरपालिकामा नेपाली कांग्रेका राजन मेहता प्रमुख र जमुनादेवी गौतम पोखरेल उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी, बराह नगरपालिकामा एमालेका निलम खनाल प्रमुखमा र एमालेकै कमला मगर उपप्रमुखमा विजयी भएका छन् । भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव अध्यक्षमा र पुनमकुमारी मेहता उपाध्यक्षमा, बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी अध्यक्षमा र सङ्गीताकुमारी राय उपाध्यक्षमा, हरिनगरा गाउँपालिकामा नेपाली कांग्रेसका गफार अन्सारी मियाँ अध्यक्षमा र रिमझिमकुमारी भगत उपाध्यक्षमा र गढी गाउँपालिकामा नेपाली कांग्रेसका श्रीप्रसाद यादव अध्यक्षमा र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

कोसी गाउँपालिकामा नेपाली कांग्रेसका ऐयुव अन्सारी अध्यक्षमा र अनितादेवी यादव उपाध्यक्षमा तथा देवानगन्ज गाउँपालिकामा नेपाली कांग्रेसका लालीप्रसाद मेहता अध्यक्षमा र पुनीतादेवी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस जिल्लामा सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेसका दुई नगर प्रमुख र चार गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने एमाले एक नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । नेपाली कांग्रेसले ६ स्थानमा र भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको अध्यक्ष तथा बर्जु गाउँपालिकाको अध्यक्ष र दुहवी नगरपालिकामा प्रमुख नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजयी भएका छन् ।

त्यसैगरी, बराह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । यहाँका ६ स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा नेपाल लोकतान्त्रिक फोरम, एक स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल र एक स्थानमा नेकपा एमाले अध्यक्ष र प्रमुख विजयी भएका छन् ।

यसैबीच, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ । धरानमा दुई दिनदेखि मतणना अवरोध रहेको छ । उता प्रमुखको मतगणना सम्पन्न नभए पनि विभिन्न वडामा भने वडाध्यक्षको परिणाम आएको छ । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००