८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी



लुम्बिनी । भैरहवाको सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी भएको छ । २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले यसपालीको स्थानीय निर्वाचनमा पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ ।

सिद्धार्थनगरको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा एमाले विजयी भएको छ । सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ६ हजार ७०५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृकाप्रसाद यादवले ५ हजार २५० मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा पनि एमालेकी उमा काफ्ले निर्वाचित भएकी छन् । काफ्लेले ६ हजार १७२ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ मत प्राप्त गरिन् ।

यसैगरी, राप्रपाको प्रमुखका उम्मेदवार सागरप्रताप राणाले ४ हजार ६३७ र उपप्रमुख उम्मेदवार रमिता थापामगर केसीले ३ हजार ५१७ मत प्राप्त गरेका छन् । माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ र उपप्रमुखमा कमला थापाले ३ हजार १२९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख र उपप्रमुखका साथै वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ । यस्तै, कांग्रेस वडा नम्बर १, ६, ७, ८, १० र १२ मा विजयी भएको छ भने वडा नं ४ मा सङ्घीय समाजवादी फोरम नेपालले जित हासिल गरेको छ । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००