५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गाको चार वटा तहमा कांग्रेस, तीनमा एमाले, एकमा माओवादी विजयी



ओखलढुङ्गाको ८ वटा स्थानीय तहमध्ये चार वटामा कांग्रेस र ३ वटामा एमाले र एकमा माओवादी विजयी भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका चम्पादेवी, खिजिदेम्बा, मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । मोलुङ र लिखु गाउँपालिकाका साथै सिद्धिचरण नगरपालिकामा एमाले विजयी भएका छन् । माओवादी केन्द्र भने चिशङ्खुगढी गाउँपालिकामा विजयी भएको छ ।

सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेका मोहनकुमार श्रेष्ठ ४ हजार ७३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिल्ली खनालले ४ हजार ६१३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी इच्छाकुमारी गुरुङ ४ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी हेमालक्ष्मी राईले ४ हजार ४५७ मत प्राप्त गरिन् ।

यस्तै मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोतीराज राई ३ हजार ८५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले २ हजार ५७२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी सविता राई ४ हजार ३५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्मता राईले २ हजार १५० मत प्राप्त गरिन् ।

यसैगरी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवराज केसी ३ हजार २४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरेले २ हजार ८४१ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी निर्मलादेवी रैका ३ हजार २४५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले ३ हजार ११ मत प्राप्त गरिन् ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वेदबहादुर रोका २ हजार ९६० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लाक्पागेल्बु शेर्पाले २ हजार ३६१ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ ३ हजार १२४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती रोकाले २ हजार ९४ मत प्राप्त गरिन् ।

यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रुद्रप्रसाद अधिकारी ३ हजार ७०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञानबहादुर खड्काले ३हजार ३९७ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी दुर्गाकुमारी तामाङ ३ हजार ४८५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मुना श्रेष्ठले दुई हजार ९०९ मत प्राप्त गरिन् ।

यसैगरी मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई तीन हजार १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र कार्कीले २ हजार ९८६ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी हेमकुमारी तामाङ ३ हजार २५९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमकला धमलाले २ हजार ७५२ मत प्राप्त गरिन् ।

त्स्तै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेल ३ हजार १० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोककुमार कार्कीले २ हजार ९३५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी शान्ता ढुङ्गेलले ३ हजार ११० मत प्राप्त गरी विजयी भएकी छन् भने उनक निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्दिरा दाहालले २ हजार ४३८ मत प्राप्त गरिन् ।

यस्तै चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले बास्तोलाले एक हजार ९०६ मत प्राप्त गरि विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सुष्मिका राई २ हजार ७३ मत प्राप्त गरी विजयी भइन् भन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी खिलामाया आलेमगरले १ हजार ९६९ मत प्राप्त गरिन् । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००