तुलसीपुर, दाङ । लमही नगरपालिकाको प्रमुखमा एमालेका कुलबहादुर केसी ५ हजार १५२ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले ५ हजार ६९ मत प्राप्त गरेका छन् । यसैगरी उप्रमुखमा कांग्रेसकी देवका बेल्वासे ५ हजार १५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ४ हजार ८३३ मत प्राप्त गरेको निर्वाचन कार्यालय दाङले जनाएको छ । कूल मतदाता २४ हजार ९३६ रहेको नगरपालिकामा १९ हजार बढी मत खसेको थियो । रासस
प्रतिक्रिया