१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माई जोगमाईमा एमाले विजयी



इलाम । माई जोगमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका जीतबहादुर राईले पाँच हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बाछिरी शेर्पाले तीन हजार ९३६ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराईले पाँच हजार २९५ मत प्राप्त गरी विजयी बनिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी लोकमाया थेवेले तीन हजार ९४२ मत प्राप्त गरिन् ।

चौध हजार ८०५ मतदाता रहेको यो गाउँपालिकामा १० हजार ९३५ मत खसेको थियो । छ वटा वडा रहेको माई जोगमाईका दुई वडामा कांग्रेसका उम्मेदवार र अन्य वडामा एमालेका उम्मेदवार विजयी बनेका छन् । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००