१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिनगर गाउँपालिका र भोजपुरको साल्पासिलिछोमा कांग्रेस विजयी



तुलसीपुर (दाङ) । शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै मिथिला शाह तीन हजार ६३२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खुमा पाण्डेले दुई हजार ६४९ मत प्राप्त गरेकी छन् ।

भोजपुरको साल्पासिलिछोमा कांग्रेस विजयी

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई ६३ मत अन्तरले विजयी भएका छन् । जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा गएराति सार्वजनिक मत परिणामअनुसार राईले एक हजार ६७४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गरे ।

उपप्रमुखमा भने एमालेकै धनमाया राई सङ्घीय समाजवादी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार ४७३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी वीरकुमार राईले एक हजार २८३ मत प्राप्त गरे । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००