७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली र सिटौलालाई गृहनगरमा चुनौती



काँकडभिट्टा । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ । सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको छ ।

सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म ७ हजार ३०० मत गणना हुँदा प्रमुख पदमा कांग्रेसको १ हजार ५९९ र एमालेको २ हजार ४०४ मत आएको छ ।

नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ । त्यसैगरी एमालेका अध्यक्ष केपी शर्माको गृहनगर दमकमा भने एमाले राप्रपासँग पछि परेको छ । हालसम्मको परिणाममा एमालेको ११६ र राप्रपाको ५१२ मत रहेको छ । अध्यक्ष ओलीकै नगर दमकमा पनि एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रष्ट देखिन्छ । एमाले राप्रपासँग चार मतले मात्र अगाडि देखिन्छ ।

त्यसैगरी, चर्चित युवा नेताहरू कांग्रेसको विश्वप्रकाश शर्मा र एमालेको रविन कोइरालाको मेचीनगरमा पनि दुवै पार्टीबीच उस्तै प्रतिस्पर्धा भईरहेको छ । एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु आच्छु बनाइरहेको छ । आज बिहानसम्म झिनो मतले कांग्रेस अगाडी थियो भने ९ बजेपछि आएको परिणामले एमालेको अग्रता देखिएको छ ।

झापामा राप्रपा पनि अगाडि छ । उसले दुईवटा वडामा अध्यक्ष र दुईवटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ । झापामा नेकपा माओवादी केन्द्रले भने अझै पनि कुनै पनि नगरपालिका र गाउँपालिकामा अग्रता लिन सकेका छैन । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००