१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९५ स्थानको मतपरिणाम घोषणा



काठमाडौं, १७ असार । निर्वाचन आयोगले अहिलेसम्म ९५ वटा स्थानीय तहको परिणाम प्राप्त भएको जनाएको छ । आयोगकाे संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार आज दिउँसोसम्ममा ९५ स्थानको मतपरिणाम घोषणा भइसकेको छ । कुल ३ सय ३४ स्थानमा भएको निर्वाचनको हाल २३८ स्थानीय तहको मतगणना भइरहेको छ ।

ताप्लेजुङको याङमा मावि याङमाको मतपेटिका पनि सङ्कलन भई मतगणना सुरु भइसकेको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् ।

नवलपरासीको बर्दघाट नगरपालिका– १२ को राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको खसेको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा दिएको सङ्ख्यामा १६ मत फरक परेकाको कारण स्पष्ट नभएसम्मका लागि स्थगित गरिएको मतगणना कार्य आज साँझ ७ बजे बस्ने सर्वदलीय बैठकपछि अघि बढ्ने जानकारी दिइएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००