८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिब्दीकोट १ मा कांग्रेस, २ र ३ मा एमाले विजयी



पाल्पा । रिब्दीकोट गाउँपालिका १ मा नेपाली कांग्रेसको समूह विजय भएको छ । वडाध्यक्षमा कांग्रेस उम्मेदवार विष्णुप्रसाद गैरेले ६०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन् ।

यसैगरी रिब्दीकोट गाउँपालिका २ का वडा अध्यक्षमा एमालेका रामचन्द्र नेपालले ५७४ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमरबहादुर सारुले ५४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै रिब्दीकोट गाउँपालिका ३ को वडाध्यक्षमा एमालेका विष्णुप्रसाद खनालले ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र अमात्यले ४०८ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००