१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोरबाट आम्दानी गर्दै वालिङ नगरपालिका



स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले यस बर्ष फोहोरजन्य वस्तु बिक्रि गरेर झन्डै ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

फोहोर बिक्रीबाट अहिलेसम्म ५ लाख ५३ हजार रुपैयाँ आम्दानी भइसकेको र बाँकी डेढ लाख रुपैयाँको फोहोर बिक्री गर्ने तयारीमा रहेको दिदीबहिनी तथा समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले बताए ।

वालिङबाट निस्कने फोहोरजन्य वस्तुको बिक्रीबाट पहिलो वर्ष ३ लाख ७९ हजार रुपैयाँ, दोस्रो वर्ष ५ लाख रुपैयाँ आम्दानी गरेको थियो । वालिङ नगरपालिका र संस्थाबीच २०७१ मा चार बर्षका लागी फोहोर व्यवस्थापन गर्ने सम्झौता भएको थियो । रासस

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार ००:००