१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताकाे बजेट यसै बर्ष डेढ अर्ब रुपैयाँ बढ्यो



स्थानीय खबर संवाददाता । बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति, दलितका लागी सरकारले बितरण गर्ने सामाजिक सुरक्षा भत्ताका लागी डेढ अर्ब रुपैयाँ थप्नु परेको छ । केन्द्रीय पञ्जिकरण विभागका अनुसार चालू आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ताका लागी ३२ अर्ब ६९ करोड रुपैयाँ विनियोजन भएको थियो ।

विभागका महानिर्देशक अनिल ठाकुरका अनुसार यस आर्थिक बर्षमा भत्तावापतको खर्च ३५ अर्ब रुपैयाँ नाघेको छ । “पहिला लाभग्राहीले नाम दर्ता भएको एक बर्षपछि वा केही महिना पछि मात्रै भत्ता पाउँथे,” ठाकुरले भने, “अहिले दर्ता गर्नेवित्तिकै भत्ता लिन सक्ने व्यवस्था गरिएकाले रकम बढेको हो ।” पहिला अघिल्लो आर्थिक बर्षमा नाम दर्ता वा नवीकरण गरेका लाभग्राहीले पछिल्लो आवमा भत्ता पाउँथे ।

साथै यसै बर्ष गरिबीको सुचकांकमा सबैभन्दा कमजोर रहेका अछाम, रौतहट र बाजुराका सबै उमेर समुदायका ५ बर्षमुनीका वालवालिकालाई वालसंरक्षण अनुदान दिएको दिएको कारणले पनि बजेट बढेको हो । यी जिल्लाहरू बाहेक कर्णाली र दलित समुदायका वालवालिकाले मात्रै वालसंरक्षण अनुदान पाउँछन् ।

“यी जिल्लाहरूमा कुपोषण न्यूनीकरणको लक्ष्य राखेर वालवालिकालाई भत्ता दिइएको हो,” ठाकुरले भने ।  वालसंरक्षण अनुदान एक दम्पतिका बढीमा २ जना बच्चाले मासिक ४ सय रुपैयाँका दरले पाउँछन् । ७० बर्ष पुगेका बृद्धबृद्धा, ६० बर्ष पुगेका कर्णाली र दलित बृद्धबृद्धा, एकल÷विधवा, लोपोन्मुख आदिवासी जनजाति, अपाङ्गलगायतका करिब २३ लाख नागरिकलाई भत्ता बाँड्दै आएको छ ।

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार ००:००