८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल



रोल्पा, ६ असार । रोल्पाको माडी गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच चुनावी तालमेल भएको छ ।जिल्लाको माडी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो ।

सहमतिपछि असार ४ गते नै उनीहरूले अध्यक्षमा नेपाली कांग्रेसबाट गोपाल घर्ती मगरलाई र उपाध्यक्षमा एमालेबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले माडीको ३ वटा वडामा पनि चुनावी तालमेल गरेका छन् । स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले बताए । जिल्लाभर तालमेल गरी जाने प्रयास गरिएपनि प्राविधिक कारणले सम्भव नभएको उनले बताए ।

देशका अन्य जिल्लामा नेपाली कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेपनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उनले बताए ।

एक नगरपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र अन्य साना दलसहित स्वतन्त्र उमेदवारहरूले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन् । रासस

प्रकाशित मिति : ६ असार २०७४, मंगलबार ००:००