१ कार्तिक २०८१, बिहिबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेसी जनताको मताधिकार कुण्ठित गरियोः खनाल



इलाम, ५ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुठ्ठीभर नेताको दबाबमा सरकारले मधेसी जनताको मताधिकार कुण्ठित गरेको आरोप लगाएका छन् ।

इलाम नगरपालिका–३ स्थित पुवामझुवामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै खनालले प्रदेश नं २ का मधेसी जनताको मत हाल्ने अधिकार सरकारले निर्वाचन सारेर कुण्ठित गरेको बताए ।

खनालले संविधान संशोधन संघीय संसदले मात्रै गर्न पाउने भएकाले व्यवस्थापिका संसदले संशोधन गर्न नमिल्ने बताए ।

“पटक–पटक संविधान संशोधनको प्रस्ताव ल्याएर संविधान कार्यान्वयनलाई छायाँमा पार्ने षडयन्त्र हुँदैछ, यो कदापी पूरा हुन सक्दैन,” उनले भने ।

पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जीतको सुनिश्चितता गरेको बताए । उनले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरे ।

जिल्लाकै पिछडिएको गाउँका रूपमा रहेको पुवामझुवामा सडक, पुल, विद्युद्य, स्वास्थ्य क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्नेसमेत प्रतिवद्धता जनाए । रासस

प्रकाशित मिति : ५ असार २०७४, सोमबार ००:००