१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो र तेस्रो चुनावमा पनि एमाले पहिलो पार्टीः नेम्वाङ



इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दोस्रो र तेस्रो चुनावमा पनि एमाले नै पहिलो पार्टी हुने दाबी गरेका छन् ।आफ्नो पार्टी सरकारमा हुँदा विकास निर्माणको कार्यले प्राथमिकता पाएको चर्चा गर्दै उनले सरकारले गरेका गल्तिका कारण राँके–रवि–दमक सडकको ठेक्का लाग्न नसकेको आरोप लगाए ।

एमालेले माङ्सेबुङ गाउँपालिकाको चिसोपानी पञ्चमीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले राजपाको बहाना बनाएर निर्वाचन पछि धकेल्न उद्दत रहेको आरोप लगाए ।साथै, एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको नेम्वाङको दाबी छ ।

“सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो,” नेम्वाङले भने, “तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भयो ।”

पर्यटनको प्रचुर सम्भावना बोकेको इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको पनि उनले दाबी गरे । रासस

प्रकाशित मिति : ५ असार २०७४, सोमबार ००:००