१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यवस्थित बधशाला निर्माण हुन्छः मेयर जिसी



पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरमा व्यवस्थित पशुपंक्षीको बधस्थल निर्माणमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको प्रदर्शनी केन्द्रमा तेस्रो राष्ट्रिय पोर्क महोत्सवको समापन समारोहमा आइतबार उनले नगर क्षेत्रभित्रका सम्पूर्ण पशुपालन गर्ने कृषक, मासु बिक्रि गर्ने सरोकारवालाहरूसँग छलफल गरी छिट्टै बधशाला निर्माण गर्ने जिसीले बताए ।

युवा वर्गलाई पशुपंक्षीपालन व्यवसायमा आकर्षित गरी स्वरोजगार श्रृजना गर्न र मासुजन्य पदार्थमा महानगरलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरे । क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक डाक्टर किशनचन्द ठकुरीले पोखरामा आयोजना गरेको तेस्रो राष्ट्रिय पोर्क महोत्सवले बङ्गुरको मासुको प्रवद्र्धन गर्न ठूलो टेवा पुगेको बताए ।

कास्की जिल्ला बङ्गुर व्यवसायी समन्वय समितिका संयोजक कृष्णबहादुर गुरुङले पोर्क महोत्सवले किसानलाई प्रोत्साहित गरेको बताए । तीन दिनसम्म सञ्चालित महोत्सवमा पोर्क बार वे क्यू, पोर्क फ्राइ, पोर्क चिल्ली, सामगेपसाल, बँदेलको झिर, सेकुवा, पोर्क मः मः र चाउमिनका स्टलहरू राखिएको थियो । रासस

प्रकाशित मिति : ५ असार २०७४, सोमबार ००:००