५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो



दाङ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको प्रचार सामग्री बनाउन यहाँका व्यवसायीलाई चटारो छ ।

निर्वाचन आउन झन्डै दुईहप्ता मात्र बाँकी रहँदा उनीहरू राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र टिसर्ट, ब्यानर, प्रचार पम्ल्पेट बनाउने चटारोमा छन् । दाङको घोराही, तुलसीपुर, लमहीका क्लर ल्याब, छापाखाना र स्क्रिीन सेन्टरमा व्यवसायीले रातदिन खटिएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् ।

तुलसीपुरस्थित इन्द्र्णी कलर ल्याबका सञ्चालक सुदीप खड्काले दोस्रो चरणको निर्वाचन घोषणा भएदेखि निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री बनाइरहेको बताए । “केही दिनदेखि कामको चाप बढेको छ । रातिसम्म काम गर्छौं,” उनले भने ।

उम्मेदवार र विभिन्न पार्टीका प्रतिनिधीहरू झन्डा, टिसर्ट र व्यानर बनाउन आउने गरेको व्यवसायी हरि डाँगीले बताए । एउटा झन्डाको २५ रुपैयाँ देखि रु ११० रुपैयाँ, टिसर्टको १ सय ७० रुपैयाँ देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ । रासस
––––––––

प्रकाशित मिति : १ असार २०७४, बिहिबार ००:००