७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दश स्थानीय तहका लागि २ अर्ब ९४ करोड



इलाम, आर्थिक वर्ष २०७४ /७५ मा यहाँका १० वटा स्थानीयतहका लागि सरकारले रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ ।

वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान रु एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको छ । चारवटा नगरपालिकाका लागि रु एक अर्ब ५७ करोड ५४ लाख ३१ हजार र गाउँपालिकाका लागि रु एक अर्ब ३७ करोड एक लाख ११ हजार बजेट विनियोजन गरिएको हो ।

इलाम नगरपालिकाका लागि रु ४६ करोड ८८ लाख ५१ हजार, देउमाई नगरपालिकाका लागि रु ३२ करोड १० लाख ६८ हजार, माई नगरपालिकाका लागि रु ३२ करोड ६४ लाख ४२ हजार र सूर्योदय नगरपालिकाका लागि रु ४५ करोड ९० लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै फाकफोकथुम गाउँपालिकाका लागि रु २५ करोड ६३ लाख ९७ हजार, चुलाचुली गाउँपालिकाका लागि रु २२ करोड ६७ लाख ५५ हजार, माईजोगमाई गाउँपालिकाका लागि रु २३ करोड ७६ लाख ६७ हजार, माङ्सेबुङ गाउँपालिकाका लागि रु २२ करोड तीन लाख छ हजार, रोङ गाउँपालिकाका लागि रु २२ करोड ९३ लाख ६८ हजार र सन्दकपुर गाउँपालिकाका लागि रु १९ करोड ९६ लाख १८ हजार बजेट छुट्याइएको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००