१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सफा सहर’ अभियान सुरु



काठमाडौँ, काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ ।

महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गरेका छन् । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले बिहिबार बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुवात गरेका हुन् ।

“काठमाडौँलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि मात्र होइन,” नगर प्रमुख शाक्यले भने ।

सोही अवसरमा उपप्रमुख खड्गीले सहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण कार्य गर्न नगरवासीको सहयोग आवश्यक रहेको बताइन् । उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००