१४ मंसिर २०७९, बुधबार | Wed Nov 30 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसकाे उम्मेदवार चयन अन्तिम चरणमा



काठमाडौँ, नेपाली कांग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने काम अन्तिम चरणमा पुर्याएको छ ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवं वरिष्ठ नेताको बैठकले प्रदेश नं १, ५ र ७ को उम्मेदवार अन्तिम चरणमा पुर्याएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देशको राजनीतिक छलफलका लागि नेताहरु बैठकमा जानुपर्ने भएकाले उम्मेदवार चयनमा ढिलाई भएको पौडेलले बताए । उनले २ नं प्रदेशको उम्मेदवार चयन भने एक दुई दिन लाग्ने बताए ।

कांग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००