१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरको मतगणना पुनः सुरु, कांग्रेसको अग्रता कायमै



ललितपुर, ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसको अग्रता कायमै छ ।

महानगरका प्रमुख पदका उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा एमालेका हरिकृण व्यञ्जनकारले २४ हजार १०२ मत प्राप्त गरेका छन् ।

जम्मा २९ वडा रहेको महानगरमा २८ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । अहिले २९ वडाको मतगणना जारी छ । यो वडामा एक हजार ४९६ मतदाता रहेकामा एक हजार ३२६ मत खसेको थियो ।

कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

यसअघि गणना विवादले रोकिएको ललितपुरको मतगणना सर्वदलीय बैठक बसेर केहिबेर अघिदेखि पुनः सुरु भएको हो ।
रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००